२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टी–२० विश्वकप छनोटको सुपर सिक्स टुंगियो, नेपाल आइतबार यूएईसँग खेल्ने

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटको सुपर सिक्स चरण पूरा भएको छ। शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पपुआ न्यूगिनी (पीएनजी) लाई पराजित गरेपछि अगाडि बढ्ने सबै छैटौँ टोलीको टुंगो लागेको हो।

समूह चरणबाट आयोजक ओमान, नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेका छन्। एक–एक जितका आधारमा सामोआ, जापान र कतार पनि सुपर सिक्समा पुगेका छन्।

समूह १ को शीर्ष स्थानमा रहेको यूएई २ अंकसहित अगाडि बढेको छ। नेपाल समूह २ को विजेताका रूपमा २ अंक लिएर पुगेको हो। समूह ३ बाट ओमान २ अंकसहित शीर्ष स्थानमा रह्यो।

समूह चरणमा खेलेका टोलीहरूले एकअर्कासँग पुनः खेल्नु पर्ने छैन। समूह चरणमै पराजित प्रतिद्वन्द्वी अगाडि बढेको खण्डमा सो जित सुपर सिक्समा २ अंकसहित जोडिने व्यवस्था छ।

नेट रनरेटका आधारमा ओमान शीर्षस्थानमा, नेपाल दोस्रो र यूएई तेस्रो स्थानमा छन्। कतार चौथो, जापान पाँचौँ र सामोआ छैटौँ स्थानमा छन्।

सुपर सिक्सको खेलतालिका अनुसार नेपालले पहिलो खेल आइतबार अपराह्न ४ः१५ बजे यूएईसँग खेल्नेछ। त्यसपछि सोमबार कतार, बुधबार सामोआ र बिहीबार ओमानसँग खेल्ने तालिका रहेको छ।

नेपालले चारमध्ये कम्तीमा तीन खेल जितेमा शीर्ष तीनभित्र पर्छ र विश्वकपका लागि छनोट हुने सम्भावना प्रबल रहन्छ। दुई खेल जितेमा नेट रनरेटले निर्णायक भूमिका खेल्ने देखिन्छ।

नेपाल र यूएई दुवै टोली पछिल्ला खेलमा उत्कृष्ट लयमा रहेका छन् र टेस्ट मान्यता प्राप्त टोलीलाई पराजित गरिसकेका छन्। त्यसैले आइतबारको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट