२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलनपछि मेडागास्करमा सेनाको सत्ता कब्जा, फरार राष्ट्रपति भन्छन्: अझै पदमा छु

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । मेडागास्करमा जेनजी आन्दोलन चर्किएसँगै सेनाको विशेष इकाइ ‘क्यापसाट’ले सत्ता कब्जा गरेको छ। सेनाको समर्थनपछि राष्ट्रपति एन्ड्री रजोएलिना देश छाडेर भागेका छन् भने उनको अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

राष्ट्रपतिको कार्यालयले मंगलबार जारी वक्तव्यमा एक विशिष्ट सैनिक इकाइले असंवैधानिक रूपमा शासन नियन्त्रणमा लिएको भन्दै निन्दा गरेको छ। सरकारविरुद्ध जारी प्रदर्शनबीच आएको सत्ता कब्जालाई राष्ट्रपति रजोएलिनाले अस्वीकार गर्दै आफू अझै पदमा रहेको दाबी गरेका छन्।

बीबीसीका अनुसार, क्यापसाट नामक फौजी दस्ताले संवैधानिक अदालत, निर्वाचन आयोगसहितका प्रमुख लोकतान्त्रिक संस्थाहरू निलम्बन गरेको घोषणा गरेको छ। क्यापसाटलाई प्रशासनिक र प्राविधिक अधिकारीहरू सम्मिलित विशेष सैन्य शक्ति मानिन्छ।

क्यापसाटका प्रमुख कर्णेल मिकाएल रान्द्रियनिरिनाले आफ्नो ‘एलिट युनिट’ले शासन नियन्त्रण लिएको पुष्टि गरेका छन्। उनले नयाँ सरकार गठन गरी १८ महिनादेखि दुई वर्षभित्र चुनाव गराएर राजनीतिक निकास निकाल्ने घोषणा गरेका छन्। “हामी सरकार बनाउँछौं र राष्ट्रिय सहमति कायम गर्छौं,” पत्रकारहरूसँग कुरा गर्दै रान्द्रियनिरिनाले भने।

उनका अनुसार, जनभावनाअनुरूप सरकार असफल भएकाले सेना हस्तक्षेप गर्न बाध्य भएको हो। “यहाँ न राष्ट्रपति छ, न सरकार। केही पनि काम गरिरहेको छैन,” भन्दै उनले जेनजी आन्दोलनकारीकै मागअनुसार सत्ता सम्हालिएको दाबी गरे।

फ्रान्सको पूर्व उपनिवेश मेडागास्कर फेरि एकपटक सैन्य नियन्त्रणमा पुगेको छ र देशको राजनीतिक भविष्य अनिश्चित बनेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार