२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईसीसी विश्व क्रिकेट लिग–२ : आज नेपाल र अमेरिका भिड्दै, जित्नैपर्ने दबाबमा नेपाल

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृंखलाको तेस्रो खेलमा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ।

जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेलमा पराजय व्यहोरेको छ। पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले लज्जास्पद रूपमा पराजित भएको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले हार बेहोरेको थियो।

लगातार दुई खेल गुमाइसकेको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ। शृंखला बाँकी दुवै खेल जित्न सके मात्रै नेपालको लिग–२ अभियानमा प्रतिस्पर्धात्मक सम्भावना जीवित रहनेछ।

अर्कोतर्फ, अमेरिकाले नेपाल र यूएई दुवैलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन कायम राखेको छ। लिग–२ को अंक तालिकामा अमेरिका २२ खेलमा ३२ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट