काठमाडौं । हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार बिहान भएको खेलमा नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंका ३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
श्रीलंकाका धनन्जय लक्षनले सर्वाधिक अविजित ३६ रन बनाउँदै टोलीको जित सुनिश्चित गरे। बलिङमा नेपालका रुपेश सिंहले २ र लोकेश बमले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले ३९ रन बनाउँदा लोकेश बम ३१ रनमा अविजित रहे। बलिङमा श्रीलंकाका थरिन्दु रत्नायकेले २ विकेट लिए।
नेपाल समूह चरणमा यसअघि अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भइसकेको छ।
प्रतिक्रिया दिनुहोस