२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

झापामा जेनजी आन्दोलनमा हिरासतबाट फरार दुई थुनुवा घरबाटै पक्राउ

बिहिवार , कार्तिक २७, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै घरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठाउँका २५ वर्षीय पङ्कराज मैनाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।

जेनजी आन्दोलनका क्रममा दुवै थुनुवा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । दुवै थुनुवा लागुऔषध कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएका थिए । पक्राउपछि दुवैलाई पुनः इप्रका अनारमनीमा ल्याइएको छ ।

यसअघि बाह्रदशी गाउँपालिका–४ रामचोकमा डेरा गरी बस्दै आएका २७ वर्षीय ईसरप खातुन र सोही वडाका २२ वर्षीय विकास टुडु जेनजी आन्दोलनमा लुटिएको हतियारका गोलीसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट