काठमाडौँ । एसएसपी विश्व अधिकारी नेपाल प्रहरीको डीआईजी पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले अधिकारीको नाम सिफारिस गरेको हो ।
अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए । घटनापछि उनलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो ।
अधिकारी कात्तिक ९ गते पाँच एसएसपी डीआईजी बढुवा सिफारिस हुँदा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस