२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अञ्जिलाको कप्तानीमा नेपाल र इन्डोनेसियाबीच प्रतिस्पर्धा हुँदै

बुधवार , मंसिर १०, २०८२

इन्डोनेसिया । यहाँस्थित मागुवोहर्जो रङ्गशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

स्थानीय समयअनुसार खेल साँझ ७:३० बजे हुनेछ । नेपाल र इन्डोनेसियाबीचको यो दोस्रो खेल हो । यसअघि म्यान्माको मण्डलेमा भएको एएफसी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा भेट भएको थियो । जसमा समूह ‘ए’मा रहेको नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियाविरुद्धको खेलमा जित हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । उनले भने, “नेपाली टोली शारीरिक र मानसिक दुवै रुपमा तयार छन् हामी जितका लागि खेल्नेछौँ ।”

नेपाली टोलीको कप्तान सावित्रा भण्डारी ९साम्बा० यस त्रिदेशीय खेलमा उपस्थिति हुने छैनन् । ‘इन्जुरी’का कारण सावित्रा उपस्थित नभएपछि उनको स्थानमा आज रस्मीकुमारी घिसिङलाई खेलाउने प्रशिक्षक न्यौपानेले जानकारी दिए ।

नेपाली टोलीका मुख्य प्रक्षिक्षक न्यौपानेको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले भारतको सिलोङमा भएको त्रिदेशीय च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । जसमा नेपाल इरानसँग पराजय भोग्दा भारतलाई भने हराउँदै जित हासिल गरेको थियो ।

त्यसैगरी, नेपाली टोलीको कप्तानीको भूमिका भने अञ्जिला तुम्बापो (सुब्बा) ले गर्नेछिन्। उनले आफ्नो टोली मानसिक रुपमा तयार रहेकाले जित हालिस गर्ने बताइन्। आजदेखि सुरु भएको उक्त त्रिदेशीय खेलमा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन् । प्रतियोगिता यही मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट