काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिला ब्याटिङ गर्ने मौका पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस विराटनगरले जितेर पहिला पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।
यस खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग विराटनगरले जित निकालेको छ ।
चितवन भने दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
प्रतिक्रिया दिनुहोस