२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवन राइनोजले दियो विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको हो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए । उनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

त्यस्तै, कप्तान कुशल मल्लले २० रन, सैफ जैबले ३२ रन, दीपक बोहराले ५ रन, डविड मलानले १७ रन र देव खनालले २८ रन बनाए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेट डि लिङ्गेले समान २–२ विकेट लिए । शुभव रन्जनेले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट