२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएल सिजन–२ मा पोखरा एभेन्जर्सको पहिलो जित, जनकपुर बोल्ट्सको लगातार तेस्रो हार

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । जनकपुरले भने लगातार तेस्रो हार बेहोरेको छ ।

१५६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्र बनायो ।

जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरे । उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए पनि जितका लागि पुगेन ।

यस्तै सञ्जय कृष्णमूर्तिले २५ रन बनाए भने माज साजाकातले २० रन बनाए ।

पोखराका विपिन खत्रीले ४ विकेट लिए । उनले ४ ओभरमा १५ रन मात्र दिए । यस्तै सुमित वर्माले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए भने कप्तान कुशल भुर्तेल र जिमी निशमले १ विकेट लिए ।

त्यसअघि, बिहिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियाे ।

पोखराका लागि युगान्डाका सुमित वर्माले २९ बल खेल्दै सर्वाधिक ५० रन बनाए । त्यस्तै दिनेश खरेलले ३९ रन बनाए भने, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन बनाए ।

बलिङमा जनकपुरका सञ्जय कृष्णमुर्तीले ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट