२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएलमा काठमाडौंको तेस्रो जित, चितवनलाई ५३ रनले हरायो

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।

काठमाडौंले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा समेटियो ।

चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१–२१ रन बनाए भने शोहिल तन्विरले १८ रन बनाए ।

बलिङमा काठमाडौंका रसिद खानले ३ विकेट लिए । त्यस्तै, कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २–२ लिए भने सन्तोष यादवले एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको थियाे । काठमाडौं १९ ओभर ४ बलमा १४२ रनमा अलआउट भएको हो ।

काठमाडौंका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए । उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, मिलिन्दले ३८ रन र वेन चाल्र्सवर्थ १३ रन बनाए ।

बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । रञ्जित कुमार र कमलसिंह ऐरीले दुई–दुई विकेट लिए भने रवि बोपाराले एक विकेट लिए ।

पाँच खेल खेलिसकेको काठमाडौं तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट