काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्गसलाई १६१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६० रन बनाएको हो ।
कर्णालीका लागि ओपनर प्रियांक पाञ्चालले अर्धशतक प्रहार गरे । उनले ६३ रन बनाए । ओपनिङमा आएका मार्क वाट ६ रनमा क्याच आउट भए ।
यस्तै गुल्सन झाले २० रन, विल बोसिस्टोले नटआउट ४८ रन, नाजिबुल्लाह जाद्रानले १२ रन बनाए ।
बलिङमा डि लाङ र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस