काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको हो ।
कर्णालीका लागि ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए । गुल्सन झाले १९ रन जोडे भने कप्तान सोमपाल कामीले १८ रन बनाए ।
त्यस्तै, प्रियांक पाञ्चलले १६ रन, विलियम बोसिस्टोले १५ रन र नजिबुल्लाह जद्रानले १३ रन बनाए ।
बलिङमा जनकपुरका ललित राजवंशी र आदित्य महताले २–२ विकेट लिए ।
त्यस्तै, संगीथ कुरे, अनिल शाह र माज सदाकतले समान १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस