२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

क्वालिफायरमा पुग्न काठमाडौं गोर्खाजले दियो लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ ।

आज टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ ओभर एक बलमा १११ रनमा अलआउट भएको हो ।

काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८ रन बनाए भने भीम सार्कीले १४ रन बनाए ।

बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए । त्यस्तै, रुवेन ट्रम्पलम्यानले दुई विकेट लिँदा अभिषेश गौतमले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट