२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पपुलिजम होइन, परिणाममा विश्वास गर्छु, मैले बनाएको बजेटमा त्रुटि भेटिने ठाउँ छैन: पौडेल

शनिवार , फाल्गुण ९, २०८२

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले राजनीति र अर्थतन्त्रमा आफू कहिल्यै पपुलिजम (लोक–रिझ्याइँ) को बाटोमा नहिँडेको बताएका छन्  । सुनौलो नेपालको निर्वाचन विशेष बहस ‘अब तपाईं किन ?’ कार्यक्रममा बोल्दै उनले आफू सधैं ठोस काम र नतिजामा मात्र विश्वास गर्ने बताएका हुन्  ।

आफ्नो कार्यकालबारे स्मरण गर्दै पौडेलले सुरुवाती दिनमा आफूलाई अर्थमन्त्रालय आफ्ना लागि त्यति उपयुक्त नलागेको खुलासा गरे । सुरुमा मलाई यो जिम्मेवारी आफ्ना लागि खासै फिट नभएको जस्तो लागेको थियो, उनले भने, तर जब काम गरेर बाहिर निस्किएँ, तब संसद, बौद्धिक समाज र अर्थविद्हरूबाट आएको सकारात्मक प्रतिक्रियाले मलाई लाग्यो– म यो जिम्मेवारीका लागि उपयुक्त रहेछु ।

आफूले तयार पारेको बजेट पूर्णतः पारदर्शी र वस्तुपरक भएको दाबी गर्दै उनले भने, मैले प्रस्तुत गरेको बजेटलाई कसैले माइक्रोस्कोप नै लगाएर हेर्दा पनि कुनै गल्ती वा खोट भेटिने ठाउँ छैन ।

उनले राज्य सञ्चालनमा मन्त्रिपरिषद्को अनुशासन प्रमुख हुने उल्लेख गर्दै प्रधानमन्त्रीको निर्णयमा विमति राख्ने मन्त्रीले पदमा बस्न नमिल्ने र तत्काल राजीनामा दिएर हिँड्नुपर्ने कडा अडान समेत राखे ।

आगामी निर्वाचनको सन्दर्भमा उनले आफूलाई विपक्षी वा मतदाता कसैले पनि काम गर्न नसक्ने आरोप नलगाएको बताए ।

ूमलाई आजसम्म न त मेरा प्रतिस्पर्धीले, न त मतदाताले नै काम गर्न नसक्ने भनेका छन् । सबैको एउटै स्वर छ— विष्णु पौडेल काम गर्ने मान्छे हो ।

रुपन्देही–२ का मतदाताहरूले आफूलाई गुमाउन नचाहेको र विगतमा गरेका राम्रा कामहरूलाई निरन्तरता दिँदै थप नयाँ आयोजनाहरू सम्पन्न गर्न आफ्नो उम्मेदवारी रहेको उनको जिकिर थियो। उनले अहिलेको राजनीतिक परिस्थितिलाई संकेत गर्दै भने, हामी फेरि एकपटक धुलो टक्टक्याएर उठ्नुपर्ने बेला भएको छ ।

पौडेलले आफ्नो उम्मेदवारी व्यक्तिगत लाभका लागि नभई विकासको गतिलाई उचाईमा पुर्‍याउनका लागि भएको दाबी गरे ।

https://www.youtube.com/watch?v=iFzbFS5CMvs

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट