२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा महासंघको गम्भीर ध्यानाकर्षण, यातायातको भाडा समायोजन गर्न माग

सोमवार , चैत्र २, २०८२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि पछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

त्यस्तै, पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न पनि महासंघले सरकारसँग माग गरेको छ ।

नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागु हुने गरी डिजेलमा प्रतिलिटर १० रूपैयाँ र पेट्रोलमा १५ रूपैयाँ मूल्य बढाएको छ ।

सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले मूल्य वृद्धि हुँदा त्यसको असर सिधै यातायात व्यवसायमा पर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट