२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनचाँदीको मूल्यमा ऐतिहासिक गिरावट: एक सातामै सुन २७ हजार र चाँदी ७३० रुपैयाँले सस्तियो

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा सात हजार १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५४० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ८९५ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी पाँच हजार १० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट