२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वीरगञ्ज नाकाबाट सात महिनामै १ खर्ब २३ अर्बको इन्धन आयात, ५२ अर्ब राजस्व संकलन

बुधवार , चैत्र ११, २०८२

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।

पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ ।

सोही अवधिमा २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट