२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वीरगञ्ज भन्सार कार्यालयको राजस्व उछाल: सात महिनामै १ खर्ब ५४ अर्ब संकलन

बिहिवार , चैत्र १२, २०८२

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवको सात महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व संकलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए ।

चालु आवको साउनमा १८ अर्ब ४४ करोड राजस्व संकलन गर्यो । भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड राजस्व संकलन भएको थियो ।

यसैगरी, मङ्सिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुन १९ अर्ब ३४ करोड राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट