२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनको मूल्यमा सामान्य गिरावटः तोलामा २ हजार ५०० ले घट्यो, चाँदीको मूल्य कति ?

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा एकैदिन प्रतितोला २ हजार ५ सय रुपैयाँको भारी गिरावट आएको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन (हिजो) सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ रहेको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ कायम गरिएको छ।

सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ। महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय २० रुपैयाँ रहेको थियो। यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३० रुपैयाँ तोकिएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली सुनचाँदी बजारमा देखिएको व्यवसायीहरू बताउँछन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट