२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कोशीमा ८ अर्बको ‘उदय परियोजना’: धितो बिना पनि ऋण पाइने, युवालाई ठूलो अवसर

शुक्रवार , चैत्र २०, २०८२

मोरङ । कोशी प्रदेश सरकारले आर्थिक विकासका लागि नवप्रवर्धन परियोजना र उद्यमशीलताको प्रवर्द्धनको लागि ‘उदय परियोजना’ मार्फत विभिन्न बैंकबाट करिब ८ अरब रुपैयाँ ऋण लगानी गर्ने तयारी गरेको छ ।

स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा उदय परियोजना मार्फत नयाँ साना तथा मझौला उद्यम गर्न चाहनेलाई लगानी गर्न लागिएको हो । यो लगानीका लागि ग्लोबल आइएमइ बैंक र राष्ट्रिय वाणिज्य बैंक सँग आज इटहरीमा सम्झौता गरिएको छ ।

प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोषमा आबद्ध हुनका लागि निक्षेप तथा कर्जा सुरक्षण कोष र साझेदार बैंकहरु बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापछि स्विस सरकारले ३० करोड र प्रदेश सरकारले ३० करोड गरेर ६० करोडको ग्यारेन्टी फण्ड राखिनेछ। त्यस्तै १४ करोड प्रदेश र १४ करोड स्विस सरकारको सहयोगमा च्यालेन्जिङ फण्ड पनि राखिने छ ।

यो योजना लागु भएपछि कुनै पनि नयाँ उद्यम गर्न चाहने व्यक्तिले यी बैंकबाट ३० लाखदेखि ३ करोड सम्म ऋण पाउनेछन्। यो प्रक्रियाबाट जाने ऋणमा बैंकले आवश्यक ठानेमा धितो नलिकन पनि ऋण प्रवाह गर्नेछ । यो कार्यक्रमको मुख्य उद्देश्य नै यही रहेको कोशी प्रदेश को आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।

कतिपय अवस्थामा यो परियोजना मार्फत आएका व्यक्तिले यदि आफ्नो धितो बैंकले चाहेको भन्दा थोरै मात्रै पुर्‍यायो तर उसको परियोजना राम्रो लाग्यो भने सरकारको सरकारको ग्यारेन्टीमा लगानी गर्न सक्ने समेत यसको मुख्य विशेषता रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख रमेश घिमिरेले जानकारी दिए । यो परियोजना मार्फत आउने उद्यमीलाई परियोजनाका लागि आवश्यक सहजीकरण र ऋण लिनका लागि परियोजनाले सहयोग गर्नेछ ।

यो परियोजना अन्तर्गत करिब ८ अरब रुपैयाँ कोशी प्रदेशको साना तथा मझौला उद्योग स्थापना का लागि ऋण प्रवाह हुने र यसले कोशी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास सरकारले गरेको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री राष्ट्रिय पुँजीको विकास गर्दै यसले यसले देशको कुल ग्राहस्थ उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए । कोशी प्रदेश सरकारको अथक मेहनत र प्रयासपछि सुरु हुन लागेको यो परियोजनाबाट लाभ लिन नव युवाहरूलाई मुख्यमन्त्री कार्कीले आग्रह समेत गरे ।

पालिका र वडामा नयाँ नयाँ रिसर्च गरेर त्यसको सम्भाव्यता अध्ययन गरी नयाँ क्षेत्रमा लगानी गर्ने उद्यमीलाई पनि यो परियोजनाले सहयोग पुग्ने बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बिदुर कुमार लिङ्गथेपले यसबाट कोशी प्रदेशको आर्थिक समृद्धि र विकासमा ठूलो टेवा पुग्ने बताए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सिईओ देवेन्द्र रमण खनाल र ग्लोबल आइएमई बैंक सीईओ शैलेन्द्र रेग्मीले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट