२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनको मूल्य तोलामा छ हजारले बढ्यो, चाँदीको मूल्य कति ?

बुधवार , बैशाख २, २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला छ हजार र चाँदी ३२० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २२० कायम भएको छ ।

गत सोमबार एक तोला सुन दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ९०० मा कारोबार भएको थियो । गत आइतबार दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९७५ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट