२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मन्त्रीहरूलाई आइफोन दिने समाचार 'भ्रामक कथा' मात्र: सञ्चारमन्त्री

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरूलाई आइफोन वितरण गर्ने निर्णय नगरेको बताएका छन् ।

मन्त्रीहरूलाई आइफोन वितरण गर्न लागिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्री तिमिल्सिनाले त्यसको खण्डन गरेका हुन् । उनले ‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?’ भन्दै प्रश्न गरेका छन् ।

उनले कुनै पनि सूचना वा समाचार साझा गर्नुअघि त्यसको स्रोत र विश्वसनीयता सुनिश्चित गर्न आग्रह गरेका छन् ।

मन्त्री तिमिल्सिनाले सरकार नागरिकलाई सुन्दर भविष्य दिन निरन्तर लागिरहेको दाबी गर्दै जनताको करबाट उठेको रकम दुरुपयोग नहुने स्पष्ट पारे । उनले जनताको प्रत्येक रुपैयाँको मूल्य सरकारले बुझेको र जिम्मेवारीपूर्वक प्रयोग गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट