२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विद्यार्थी संगठन खारेजीमा प्रदीप ज्ञवालीको आपत्ति: "चाया पर्‍यो भन्दैमा गर्धन छिनाउने?"

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले विश्वविद्यालयमा विद्यार्थी राजनीति निषेध गरी सुरक्षा युनिट स्थापना गर्न लागेको चर्चा चलिरहेका बेला पूर्वमन्त्री समेत रहेका ज्ञवालीले यसलाई ‘प्राज्ञिक स्वायत्ततामाथिको ठाडो हस्तक्षेप’ भनेका हुन्।

ज्ञवालीले पञ्चायती निरङ्कुशताका बेला समेत सरकारले आँट नगरेको यस्तो निर्णयमा विश्वविद्यालयका उपकुलपतिहरूले कसरी सहमति जनाए भन्दै आश्चर्य व्यक्त गरेका छन् । “पञ्चायती निरङ्कुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूले कसरी सक्नुभयो होला ?” उनले प्रश्न गरेका छन् ।

विद्यार्थी आन्दोलनमा केही विकृति देखिएको र यो मूल मुद्दाबाट केही बरालिएको स्वीकार गर्दै ज्ञवालीले संगठनलाई नै निषेध गर्नु समस्याको समाधान नभएको तर्क गरे । सरकारको शैलीमाथि व्यङ्ग्य गर्दै उनले लेखेका छन्ः “के तपाईँ कपालमा चाया पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?”

विद्यार्थी संगठनहरू शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट (उत्प्रेरक) बन्नुपर्नेमा जोड दिँदै ज्ञवालीले निषेधको राजनीतिले लोकतन्त्रलाई कमजोर बनाउने बताए। “विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन । समाधान त उनीहरूसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो,” ज्ञवालीको भनाइ छ।

सरकारले सुरक्षा युनिटमार्फत विश्वविद्यालय नियन्त्रण गर्न खोज्नुले प्राज्ञिक स्वतन्त्रताको घाँटी निमोठ्ने भन्दै एमालेले यसविरुद्ध आवाज उठाउने संकेत समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट