२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

व्यवसायी पक्राउप्रति उद्योग संगठन मोरङको आपत्ति, दोषी प्रमाणित भए मात्र थुन्ने नीति अवलम्बन गर्न माग

शुक्रवार , बैशाख ११, २०८३

विराटनगर । उद्योग संगठन मोरङले पछिल्ला केही दिनयता अनुसन्धानका नाममा उद्योगी–व्यवसायीलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषी उम्कन नहुने तर निर्दोषमाथि अन्याय हुन नहुने स्पष्ट पारेको छ ।

संगठनले फौजदारी र वित्तीय अभियोगलाई एउटै रूपमा लिन नहुने उल्लेख गर्दै वित्तीय अभियोगका सन्दर्भमा पहिले सुन्ने र अनुसन्धानबाट दोष प्रमाणित भएपछि मात्र थुनामा राख्ने नीति अवलम्बन गर्नुपर्ने आफ्नो अडिग मान्यता रहेको जनाएको छ ।

विज्ञप्तिमा आर्थिक समृद्धि र राष्ट्रिय अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै वर्तमान सरकारले “पहिला थुन्ने, पछि सुन्ने” जस्तो अभ्यास अपनाउँदा व्यवसायीमा अन्योल र भयको वातावरण सिर्जना भएको ठहर गरिएको छ । साथै, वित्तीय कसुरका आधारमा दोष प्रमाणित नभएसम्म उद्योगी–व्यवसायीलाई अनावश्यक दुःख नदिने सरकारको प्रतिबद्धता स्मरण गराइएको छ ।

संगठनले राज्यका नीति तथा कानुनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गरिरहेका उद्योगी–व्यवसायीलाई अनुसन्धान प्रक्रियामा समावेश गर्दा विधिसम्मत र न्यायसंगत सिद्धान्तको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएको छ ।

यसै सन्दर्भमा संगठनले वित्तीय प्रकृतिका अभियोगमा थुनाबाहिर राखेर अनुसन्धान गर्ने विधि अपनाउन सरकारसँग आग्रह गरेको छ । यस्तो व्यवस्थाले समग्र निजी क्षेत्रलाई भयरहित वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने विश्वास संगठनले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट