२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मन्त्रिपरिषद बैठक बस्दैः मन्त्रालयको संख्या १७ मा झार्ने सरकारको तयारी, ४ मन्त्रालय खारेज हुँदै

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । आज बिहान साढे १० बजे बस्ने मन्त्रिपरिषद् बैठकमा ४ मन्त्रालय खारेज गर्ने र ६ मन्त्रालयको नाम तथा संरचना परिवर्तन गर्ने प्रस्ताव निर्णायक छलफलमा प्रवेश गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मन्त्रालय मर्ज र पुनर्गठनसम्बन्धी खाका अन्तिम चरणमा पुगेको छ । प्रस्ताव अनुसार केही मन्त्रालय पूर्ण रूपमा खारेज गरिनेछन् भने केहीलाई गाभेर नयाँ संरचना तयार गरिनेछ । साथै, केही महत्वपूर्ण क्षेत्रलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी गरिएको छ ।

सरकारले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी गरेको छ । खेलकुद क्षेत्रलाई शिक्षा मन्त्रालयमा गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइनेछ भने युवा, महिला, बालबालिका, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी कार्यलाई समेट्दै ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ गठन गर्ने प्रस्ताव छ ।

त्यसैगरी, खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा समेटेर ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाउने तथा सरसफाइ क्षेत्रलाई स्वास्थ्य मन्त्रालयमा गाभ्ने योजना अघि सारिएको छ । यातायात क्षेत्रलाई भौतिक मन्त्रालयबाट अलग गरी श्रम मन्त्रालयअन्तर्गत लैजाने तयारीसमेत गरिएको स्रोतले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने प्रस्ताव गरिएको छ । साथै, गरिबी निवारण, सूचना–प्रविधि र विज्ञान–प्रविधि क्षेत्रलाई पनि सम्बन्धित मन्त्रालयबाट अलग गरी प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउने तयारी छ ।

मन्त्रालय पुनर्संरचनाको खाका तयार गर्न गठन गरिएको कार्यदलले संघीय तहमा १७ मन्त्रालय कायम गर्ने सुझाव दिएको थियो। सरकारले सोही सिफारिसलाई आधार मान्दै मन्त्रालय संख्या सीमित गर्ने आफ्नो सय दिने प्रतिबद्धता कार्यान्वयनमा लगेको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट