२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कार्यक्षमताको हिसाबले प्रधानन्यायाधीशमा अहिलेसम्मकै राम्रो सिफारिश भएको छ : सरकार

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । सरकारले यसपटक कार्यक्षमताको हिसाबले प्रधानन्यायाधीशमा अहिलेसम्मकै राम्रो सिफारिश भएको जनाएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले मुद्दाको फछर्यौट र कार्यक्षमता हेरेर प्रधानन्यायाधीश सिफारिस गर्ने अहिलेसम्मकै सवैभन्दा राम्रो प्रक्रिया भएको बताएका हुन् । 

उनले न्याय क्षेत्र सुधारका लागि नीतिगत रुपमा नै सुधार गर्ने प्रयास भएको समेत उल्लेख गरे । प्रधानन्यायाधीश सिफारिस गर्दा राजनीतिक नियुक्ति जस्तो देखिने गरेकोमा कार्यक्षमताका हिसाबमा सिफारिश भएको सम्भवतः पहिलो पटक भएको उनको भनाइ छ । 

त्यस्तै प्रवक्ता पोखरेलले संघमा अधिकतम १८ वटा मन्त्रालय बनाउने गरि मन्त्रालय गाभिने प्रक्रियाको काम छिटै सम्पन्न हुने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ