२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्मार्ट टेलिकमको ठगीबारे एउटा मिटिङ मात्र राखेको प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु : सांसद खरेल

सोमवार , बैशाख २८, २०८३

काठमाडौँ । पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूमाथि लगाईएका आरोपबारे आपत्ति जनाएका छन् ।

सोमबार संसदको अधिवेशनमा बोल्दै उनले स्मार्ट टेलिकमको ३० अर्ब घोटालाबारे आफूलाई निराधार आरोप लगाइएको बताए । 

उनले एक समाचार दैनिकले स्मार्ट टेलिकमको ३० अर्ब मिलाउन सुटुक्क स्विजरल्याण्ड गएको भनेर आफूलाई आरोप लगाएको भन्दै स्मार्ट टेलिकमको ३० अर्ब ठगीबारे एउटा मिटिङ मात्र राखेको प्रमाणित भएमा आफूले राजनीतिबाट बिदा लिने बताए । 

सांसद खरेलले सी ग्रेडको पत्रकारिता नगर्न सम्बन्धित सञ्चार माध्यमलाई चेतावनी समेत दिएका छन् ।

उनले आज मात्रै आफू स्विजरल्याण्डको भ्रमण सकेर आएको बताए । साथै, उनले विदेश भ्रमणबारे सभापतिलाई लिखित जनाकारी दिएर विदेश गएको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ