काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा चूनौति देखिन सक्ने बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धरै क्षेत्रमा छोएपनि कार्यान्वयनमा चूनौति देखिन सक्ने बताएका हुन् । त्यस्तै सरकारको कार्यक्रम धेरै महत्वकांक्षी रहेकाले व्यवहारिक होला–नहोला भन्ने प्रश्न रहेको उनले बताए ।
उनले सरकारले आफ्ना कार्यक्रमलाई कार्यान्वयन गर्न धेरै मेहनत गर्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस