२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बैठक छाडेर हिँडेको विषयमा कांग्रेसले माग्यो जवाफ

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकै समयमा बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ । 

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेसले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रधानमन्त्री बाहिरिनु सामान्य दृश्य मात्रै नभएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेको हो ।

मंगलबार संसद बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिए । कांग्रेस प्रमुख सचेतक थापाले लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य सोमबारको बैठकमा देखिएको बताइन् । 

राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल एउटा सामान्य दृश्य नभइ संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व बिपरित भएको उनले बताइन् । पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास भएको भन्दै उनले यस बिषयमा प्रधानमन्त्रीको स्पष्ट जवाफ माग गरिन् । 

उनले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन ध्यानाकर्षण समेत गराइन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ