काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अव्यवस्थीत बस्तीमा जथाभावी डोजर चलाइएको भन्दै सत्ताको आडमा जे पनि गर्न सकिन्छ भन्ने नसोच्न सरकारलाई सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अव्यवस्थित बस्ती जोगाउनु पर्छ भन्ने मान्यता आफ्नो नभएपनि सरकार आतंकवादी जस्तो भएर प्रस्तुत हुन नहुने उनको भनाइ छ ।
उनले वाग्मती किनारमा नागरिकको ओत भत्किँदा सरकारलाई पीडा महसुस हुनुपर्ने धारणा राखे ।
उनले मन्त्रिपरिषद्का सदस्यसम्म हुकुमवासी भएको प्रत्यक्ष प्रमाणहरु बाहिरिदा त्यसमा भने सरकारले डोजर नचलाएको बताए ।
प्रतिक्रिया दिनुहोस