काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ । बुधबार बसेको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ संशोधन गर्न पनि स्वीकृति दिएको छ ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गरिएको जानकारी दिए ।
मन्त्रिपरिषद्ले भूमिसम्बन्धी २१औँ संशोधन नियमहरू, २०८३ समेत स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस