२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गणेश पराजुलीको अभिव्यक्तिप्रति कांग्रेस सचेतक निश्कल राईको आपत्ति

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले न्यायाधीशका बारे रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सचेतक राइले दुई तिहाइको दम्भ देखाउँदै न्यायाधीशमाथि गरिएको टिप्पणी अराजनीतिक मात्र नभइ असंवैधानीक समेत भएको भन्दै आपत्ति जनाए । महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख रहेपनि रास्वपा सांसदले सदनलाई लत्काएर न्यायाधीशको बारेमा टिप्पणी गरेको उनले बताए । उनले यस बिषयमा सभामुखले समेत ध्यान दिनुपर्नेमा जोड दिए । राईले सरकारको नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर सभामा बोलाउन माग गरे । 

कांग्रेस सचेतक राइले धारणा राखेपछि रास्वपा दलका नेता पराजुलीले उठेर विरोध जनाएका थिए । तर सभामुखले मंगलबारको धारणा हेर्न बाँकी रहेको भन्दै बस्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ