२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसदलाई औपचारिकतामा मात्र सीमित गर्न खोजेपछि हामीले विरोध गर्यौँ : हर्क साम्पाङ

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदलाई औपचारिकतामा मात्र सीमित गर्न खोजेपछि आफुहरुले विरोध जनाएको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेर बाहिरिएपछि सञ्चारकर्मीमाझ अध्यक्ष साम्पाङले संसद मनखुशी चलाइरहेको र औपचारिकतामा मात्र सीमित गर्न खोजेपछि आफुहरुले विरोध जनाएको बताएका हुन् । 

आफुहरुसँग जनताका प्रश्नहरु रहेकाले देशको प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने उनले बताए । नीति तथा कार्यक्रमको अध्ययनका लागि पनि प्रयाप्त समय नछु्ट्टाएको भन्दै उनले जबरजस्ती संसदलाई अघि बढाउन खोजकोे आरोप लगाए । 

उनले सरकारको क्रियाकपाललाई अब जनताले मूल्याङ्कन गर्ने समेत बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ