२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रतिनिधिसभा नियमावलीअनुसार नै सदनलाई सञ्चालन हुन दिनुपर्छ : कविन्द्र बुर्लाकोटी

बुधवार , बैशाख ३०, २०८३

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका छन् ।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीअनुसार नै सदनलाई सञ्चालन हुन दिनुपर्ने बताएका थिए ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विपक्षी दलका सांसदहरूले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध जनाएपछि बुर्लाकोटीले सदनको कारबाही नियमित रूपमा सञ्चालन हुनुपर्ने बताए । उनले कुनै पनि बहानामा सदनको कारबाही रोकिन नहुने धारणा राखे ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै अवरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरे ।

उनले प्रधानमन्त्रीको तर्फबाट मन्त्रीलाई जिम्मेवारी तोकेर पठाइसकेको जानकारी गराउँदै आशन ग्रहण गरेर सहयोग गर्न अनुरोध गरे ।

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरे ।

नेकपा (एमाले) का सांसद गुरु बरालले ‘असंसदीय शब्द’को छानबिनका लागि समिति बनाउन माग गरे । यस्तै, सोही दलका सांसद पद्या अर्यालले सदनमा प्रधानमन्त्रीको उपस्थिती हुनुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट