काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा धारणा राख्ने क्रममा शव्द चयनमा संवेदनशील हुन आग्रह गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीमा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न आग्रह गरेका हुन् ।
अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्च्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने बिषयमा नियमावलीमा नै उल्लेख भएकाले यसमा बिषेश ध्यान दिन उनले आग्रह गरे ।
साथै उनले रास्वपा सांसद गणेश पराजुलीले धारणा राख्ने क्रममा प्रयोग गरेका केहि शब्दहरु संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।
बैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले धारणा राख्दा प्रयोग भएका केहि शव्दहरुलाई हटाउन बिपक्षी दलका सांसदहरुले माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस