२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विपक्षीसँग पनि परामर्श गर्न अध्यक्ष राईको आग्रह

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नीति तथा कार्यक्रम र बजेट तुर्जमाको छलफलमा सत्ता पक्षले विपक्षीसँग पनि परामर्श गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै अध्यक्ष राईले देश बनाउने मामिलामा सत्ता पक्ष र विपक्ष एकै सिक्काका दुई पाटा भएकाले सहकार्य गर्न आग्रह गरे ।

उनले सबै खालको विकासको जराका रुपमा नीतिलाई लिनुपर्ने र सही विषयका पक्षमा अभिमत प्रकट गर्न सक्ने चेतना विकास गर्न आग्रह गरे । उनले नीति तथा कार्यक्रममा गहन र पर्याप्त छलफल गर्न पनि सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट