२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले सचिवालय बैठक आज बस्दै: निर्वाचन समीक्षा र नेतृत्व हस्तान्तरणको दबाबमाथि छलफल हुने

शनिवार , जेठ २, २०८३

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा गत निर्वाचनको समीक्षा, पार्टीको वर्तमान राजनीतिक अवस्था तथा संगठनभित्रको कार्यविभाजनबारे छलफल हुने जनाइएको छ।

निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेपछि अध्यक्ष ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढिरहेको सन्दर्भमा यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि पार्टीका नियमित बैठक र औपचारिक कार्यक्रममा ओलीको सहभागिता कम भएपछि गत वैशाख २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल गुण्डुस्थित निवासमै पुगेर ओलीसँग छलफल गरेका थिए।

स्वास्थ्य समस्याका कारण पछिल्लो समय ओली पार्टीका गतिविधिमा कम सक्रिय देखिएका छन्। केही समयअघि उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो र चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट