२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले सचिवालय बैठक आज बस्दैः ११औँ महाधिवेशनपछिको कार्यविभाजन मुख्य एजेण्डा

सोमवार , जेठ ४, २०८३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको एमाले कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

यसअघि जेठ २ गते बस्ने तय भएको बैठक तयारी अपुग भएको भन्दै आजका लागि सारिएको थियो । ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन हुन बाँकी रहेकाले आजको बैठकको मुख्य एजेण्डा यही रहने बताइएको छ ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिने तयारी गरिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर संगठन बलियो बनाउने रणनीति एमालेले अघि बढाउने भएको छ ।

त्यसैगरी केन्द्रीय विभाग तथा विभिन्न निकायमा जिम्मेवारी बाँडफाँटबारे पनि बैठकमा छलफल हुनेछ ।

आजको बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

यसका साथै सरकारले हटाएका सुकुम्बासी बस्ती, उनीहरूको व्यवस्थापन तथा सरकारका पछिल्ला कामकारबाहीले जनतामा परेको असरबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार