२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन हामीले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको हो : हर्क साम्पाङ

सोमवार , जेठ ४, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन आफुहरुले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका छन् । 

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताका प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएका कारण प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन आफुहरुले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका हुन् । 

प्रधानमन्त्रीले थिति बनाउन नसके आगामी दिनमा बेतिथीहरु मौलाउदै जाने उनले बताए । संसदभित्र पर्चा देखाएर विरोध गर्न मिल्छ ? भन्ने संचारकर्मीको प्रश्नमा अध्यक्ष साम्पाङले कानून बनाउने मान्छेलाई कानून नसिकाउन सुझाव दिए । 

उनले संसदभित्रै जस्तोसुकै स्वरुपमा विरोध गर्न सक्ने गरि आगामी दिनमा कानून बनाउने समेत उल्लेख गरे । प्रधानमन्त्री सदनमा आउनुपर्छ भन्ने कानूनमा भएको व्यवस्थालाई प्रधानमन्त्रीले नै उलंघन गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ