२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पार्टीले सभापति रवि लामिछानेको बिकल्प खोजेको छैन : गणेश पराजुली

बुधवार , जेठ ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सभापति रवि लामिछानेको बिकल्प नखोजेको बताएका छन् । 

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अरू कसैले सम्हाल्नु पर्छ भनेर आवाज नउठाएको र पार्टीले पनि रवि लामिछानेको विकल्प नखोजेको बताएका हुन् ।

कुनै पनि पार्टीभित्र गुट–उपगुटका चर्चा चल्ने कुरा नौलो नभएको भन्दै उनले रास्वपाभित्र अहिले गुट–उपगुटको अवस्था नरहेको दावी गरे । उनले रास्वपाभित्र धेरै राजनीतिक शक्तिहरु समाहित भएको अवस्थामा महाधिवेशनमार्फत सवैलाई समेटेर अघि बढिने उल्लेख गरे । 

पराजुलीले पार्टीभित्रका नेताहरुमाथि लागेका आरोपको बचाउ वा खण्डन गर्ने पक्षमा आफुहरु नरहेको भन्दै अनुसन्धानका लागि बाटो खुला रहेको धारणा राखे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ