२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको विदाई

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । भारतमा साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको विदाई गरिएको छ । 

बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच खेलकुदमन्त्री सस्मित पोखरेल लगाएत एन्फा पदाधिकारीहरुले साफ खेल्ने राष्ट्रिय महिला फुटबल टोलीलाई विदाइ गरेका हुन् । 

भारतको गोवामा मे २६ देखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा समेत भइसकेको छ । 

विदाइ कार्यक्रममा खेलकुदमन्त्री पोखरेलले उच्च मनोवलका साथ मैदानमा उत्रन नेपाली टोलीलाई सुझाव दिए । नेपाली महिला टोलीले पछिल्लो समय देखाएको प्रदर्शन निकै उत्कृष्ट रहेको भन्दै आगामी दिनमा पनि टीमले धेरै राम्रो गर्ने उनको विश्वास छ ।

च्याम्पियनसिपमा नेपाल समूह ए मा छ । यस समूहमा नेपालसँगै भुटान र श्रीलंका छन् । नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने श्रीलंकासँग मे ३१ मा समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ