काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको खोजी गरेपछि संसद् बैठक स्थगित गरी विहिबार सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
सभामुखले प्रधानमन्त्रीलाई भेटेर प्रतिनिधि सभामा भएको अवरोधबारे जानकारी गराएका छन् । प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको थियो ।
विपक्षी दलहरूले बिहीबारको सदन प्रधानमन्त्री शाह सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुनुपर्ने माग गर्दै अवरुद्ध पारेका थिए । प्रधानमन्त्री शाहको खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस