२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

बिहिवार , जेठ ७, २०८३

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । अर्थमन्त्री डा वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक दफाबार छलफका लागि बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए । उक्त विधेयकमाथि ६ वटा संशोधन परेको थियो । सांसदहरु लीमा अधिकारी आचार्य र सांसद गणेश कार्कीले संशोधन फिर्ता लिएका थिए ।

अर्थमन्त्री डा वाग्लेले सांसदहरुले राखेको संशोधन सरकारले स्वीकार गर्ने बताए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १२ गते मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ