२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

सोमवार , जेठ ११, २०८३

काठमाडौं । कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगार प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  

सोमबार लुम्विनी प्रदेशसभामा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पर्यटन क्षेत्रको प्रवद्र्धन, सडक तथा अन्य पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सुशासनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय समेटिएको प्रदेश प्रमुख घर्तिमगरले बताए । 

प्रदेश सरकारले उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई रूपान्तरणकारी कार्यक्रमको रूपमा सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई कृषि र अन्य उद्यममा आकर्षित गर्न प्रविधि र स्टार्टअप सहयोग सहितका कार्यक्रम ल्याइने जनाएको छ भने सरकारले घोषणा गरेको भिजिट नेपाल २०८५ बाट लाभ लिन एकीकृत पर्यटन डिजिटल प्लेटफर्म मार्फत प्रचारप्रसार गरिने प्रदेश प्रमुख घर्तिमगरले बताए ।

प्रदेशका पराम्परागत बस्तीको संरक्षण गरिने, पहाडमा छरिएका बस्तीलाई एकीकृत गर्ने, एक जिल्ला एक नमूना बस्ती कार्यक्रम, एक घर एक धारा लगाएतका बिषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको प्रदेश प्रमुख घर्तिमगरले बताए । 

त्यस्तै युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको उनले उल्लेख गरे । पूर्वाधारतर्फ अधुरा आयोजनाहरूलाई छिटो सम्पन्न गर्न अधुरा आयोजनाः गर को नीति लिइने समेत प्रदेश सरकारको कार्यक्रममा उल्लेख छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ