२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

सोमवार , जेठ ११, २०८३

काठमाडौं । भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै समूह बिजेता बन्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलमा भारत २५–१४, २६–२४ र २५–१३ ले बिजयी भयो । समूह ए मा भारतसंगै नेपाल पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पराजित किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै सोमबार भएको पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै  श्रीलंकाले सान्त्वना जित निकाल्यो । समूह चरणको अन्तिम खेलमा श्रीलंकाले २५–१९, २५–९ र २५–१३ को जित निकालेको हो ।

समूह बी बाट कजाखस्तान र इरान सेमिफाइनल प्रवेश गरिसकेका छन् । चार टीमबीच वर्गीकरण राउन्ड पछि जेठ १४ गते बिहीबार सेमिफाइनल खेल हुने भलिबल संघले जनाएको छ । फाइनल खेल भने जेठ १५ गते शुक्रबार हुने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ