२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसद्‌मा विपक्षी दलहरूको अवरोध

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । 

सोमबार प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।

सभामुखले बोल्न समय दिए पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका छन् । उनीहरुले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा नियमावली २०७९ मा रहेको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै उनीहरूले अवरोध गरेका हुन् । 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ