२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेकपाको जनप्रतिनिधिहरूको प्रशिक्षण भेला बुधबारबाट काठमाडौंमा सुरु

बुधवार , जेठ १३, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को जनप्रतिनिधिहरूको प्रशिक्षण भेला बुधबारबाट काठमाडौंमा सुरु भएको छ । 

नेकपा स्थानीय विभागद्वारा काठमाडौंमा आयोजित प्रशिक्षण भेलामा देशभर नेकपाले जितेका स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागीता रहेको छ । भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेस गर्दै अहिलेसम्म भएका प्रगतिको समीक्षा, वस्तुनिष्ठ अवस्था बुझेर अघि बढ्नुपर्ने बताए ।

जनप्रतिनिधिहरू जनताको सुखदुखको प्रत्यक्ष अभिभावक भएकाले प्रत्यक्ष सेवालाई प्रभावकारी बनाउनुपर्ने उनले बताए । उनले पुराना कमीकमजोरीलाई सच्चाइ नयाँ पुस्तालाई समेत साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रशिक्षण भेला बिहीबार संयोजक प्रचण्डले सम्बोधन गरि समापन हुने नेकपाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ