२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एसियन गेम्स क्रिकेट छनोट खेल्न सिंगापुर जाने नेपाली टोलीको विदाई

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । सिंगापुरमा ३१ मे देखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ए मा नेपाल, मलेसिया र चीन रहेका छन् भने समूह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् । 

यसअघि समूह ए मा रहेको कतारले भने प्रतियोगितामा सहभागी नजनाउने निर्णय गरिसकेको छ ।

विदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टीमको माहोल निकै राम्रो रहेकाले सिंगापुरमा राम्रो नजिता आउने बताए । 

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली उत्साहित रहेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने टोली एसियन गेम्सको पुरुष क्रिकेटका लागि छनोट हुनेछन् । एसियन गेम्समा क्रिकेट प्रतियोगिता भने सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा हुनेछ । भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र आयोजक जापानले सिधै एसियन गेम्समा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ