काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे भारत र चीनलाई डिप्लोमेटिक नोट (कूटनीतिक नोट) पठाएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो जानकारी गराएका हुन् ।
संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएएको बताए । साथै, जवाफ पनि आइसकेको उनले बताए ।
दुवै पक्षका इतिहासविद् र कूटनीतिज्ञलाई राखेर समस्याको समाधान गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस